दफा १८
भन्सार महसुल असुल गरी हुलाक वस्तु डेलिभरी गर्ने
: (१) विदेशवाट प्राप्त भएको हुलाक वस्तुमा भन्सार महसुल लाग्ने कुनै बस्तु रहेको भए शंका लागेमा हुलाक अड्डाले त्यस्तो हुलाक वस्तुको डेलिभरी रोक्का राख्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम रोक्का राखेको हुलाक वस्तु हुलाक हाकिमले स्थानीय भन्सार अधिकारीको रोहवरमा खोली भन्सार महसुल लाग्ने वस्तु फेला परेमा प्रचलित कानून बमोजिम लाग्ने भन्सार महसुल कायम गराई सो रकम हुलाकबाट डेलिभरी पाउने व्यक्ति वा स्थानीय भन्सार कार्यालयमा बुझाएको निस्सा पेश गरेपछि हुलाक वस्तु डेलिभरी दिनेछ ।
(२क) हुलाक हाकिम र स्थानीय भन्सार अधिकारीले रोक्का रहेको मालसामान प्रापकको रोहवरमा खोली भन्सार महसुल कायम गरिसकेपछि हुलाक अड्डाको विवरण खातामा समेत हस्ताक्षर गर्नुपर्नेछ ।
(३) भन्सार महसुल लाग्ने हुलाक वस्तु डेलिभरी हुन नसकेमा वा प्रापकले डेलिभरी लिन नचाहेमा वा प्रेषकलाई फिर्ता पठाउनु नपर्ने भएमा वा प्रापकलाई सूचना दिएको पैँतालीस दिनसम्ममा पनि डेलिभरी लिन नआएमा हुलाक अड्डाले त्यस्ता हुलाक वस्तु लिलाम बिक्री गरी त्यसबाट प्राप्त रकम राजस्वमा आम्दानी बाँध्नेछ ।